नियम २४
स्पष्टीकरण माग गर्न वा दिन सकिने
(१) छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले आवश्यक सम्झेमा सभामुख मार्फत स्पष्टीकरण माग गर्न पाउनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सभामुखको अनुमति लिई कुनै सदस्यले सदनको जानकारीको लागि आफुसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन सक्नेछ ।
तर त्यस्तो स्पष्टीकरण दिँदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन ।
(३) उपनियम (२) बमोजिम दिइएको स्पष्टीकरणमाथि थप छलफल हुने छैन ।